पिताम्बर भट्टराईद्वारा एनआरएनए क्यानाडाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

टोरन्टो – गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाका पूर्व महासचिव पिताम्बर भट्टराईले आगामी २०२५–२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

समाजसेवा र संस्थागत नेतृत्वको लामो अनुभव बोकेका भट्टराईले आफ्नो उम्मेदवारीको उद्देश्य पूर्व अनुभवको आधारमा अझ प्रभावकारी र सुदृढ संस्थागत योगदान गर्नु रहेको बताएका छन्।

उनका अनुसार, NRNA क्यानाडामा विगतमा महासचिवको रूपमा काम गर्दा प्राप्त ज्ञान, अनुभव र सिकाइलाई अझ परिमार्जन गर्दै संस्थाको दिगोपन र पारदर्शिता अभिवृद्धि गर्न सकिने विश्वासका साथ उम्मेदवारी दर्ता गरिएको हो।

उम्मेदवार पिताम्बर भट्टराईले भने: “सम्भव भए प्रत्यक्ष रूपमा भेटघाट गरी भोट माग्ने योजना छ, तर हाललाई सामाजिक सञ्जालमार्फत तपाईंहरूसँग जोडिने अभियान सुरु गरेको छु।”

उनले सम्पूर्ण मतदातासमक्ष ICC पदका लागि सहयोग, समर्थन र अमूल्य भोटको आग्रह गर्दै संस्थामा आफूलाई पुनः नेतृत्वका लागि अवसर दिन हार्दिक अनुरोध गरेका छन्।