लन्डन ओन्टारियोबाट अनिल कुमार घलेद्वारा एनआरएनए क्यानाडाको एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

लन्डन, ओन्टारियो, क्यानाडा – गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आसन्न २०२५–२०२७ कार्यकालका लागि लन्डन ओन्टारियो निवासी अनिल कुमार घलेले NCC सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

घलेले आफ्नो उम्मेदवारीमार्फत आप्रवासी नेपालीहरूको हित, NRNA को सुदृढिकरण र संस्थागत सशक्तिकरणमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्। “NRNA सबै नेपालीको साझा संस्था हो, यसलाई निष्पक्ष, पारदर्शी र निस्वार्थ नेतृत्व चाहिन्छ,” उम्मेदवारी घोषणासँगै उनले भने।

उनले आफ्नो सन्देशमा थप भनेका छन्: “म तपाईंहरूको साथी, दाजु, छोरा वा भाइको नाताले समुदायप्रति समर्पित भएर, निस्वार्थ भावनाले काम गर्न प्रतिबद्ध छु। NRNA संस्थालाई अझ विश्वासिलो र प्रभावकारी बनाउन मेरो उम्मेदवारी प्रस्तुत गरेको छु।”

अनिल घलेले समुदायमा लामो समयदेखि आफ्नो स्वच्छ, निस्पक्ष र निस्वार्थ छवि बनाउँदै आएका छन्, जसका कारण उनले धेरैको साथ र समर्थन पाउँदै आएका छन्।