बिबेक धिमालले एनआरएन क्यानाडा यूथ कोर्डिनेटर पदका लागि उम्मेदवारी घोषणा गरे

everest kitchen

क्यानडा, जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी २०२५–२०२७ कार्यकालका लागि यूथ कोर्डिनेटर पदमा बिबेक धिमालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बिबेकले नेपाली युवाहरूको आवाज, अवसर र नेतृत्वलाई सुदृढ पार्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

बिबेक धिमालले आफ्नो घोषणामा नेपाली युवाहरूलाई क्यानाडाभरि एकजुट गर्ने आफ्नो प्रमुख लक्ष्यलाई उजागर गरेका छन्। उनले ‘Youth Career Connect Canada’ नामक कार्यक्रममार्फत विद्यार्थी तथा कामदार युवाहरूलाई मेन्टोरसिप, सीप विकास र अवसरहरूमा पहुँच पुर्‍याउने योजना प्रस्तुत गरेका छन्। साथै, दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्न ‘नेपाली हेरिटेज क्लब’ गठन गर्ने योजना रहेको बताए।

उनले मानसिक स्वास्थ्य र युवाको भलाइमा विशेष ध्यान दिने ‘Youth Wellbeing Circle’ कार्यक्रम पनि ल्याउने प्रतिवद्धता जनाएका छन्। सेवा र स्वयम्सेवामा पनि युवाहरूलाई अग्रसर गराउने उनको योजना छ, जसले समुदायमा उत्तरदायित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।

युवाहरूलाई सहज र पारदर्शी पहुँच सुनिश्चित गर्न डिजिटल प्लेटफर्ममार्फत सबै कार्यक्रमहरू, जानकारी र संवादलाई एकीकृत गर्ने योजना समेत बिबेकले प्रस्तुत गरेका छन्।

उनी भन्छन्, “क्यानाडाली नेपाली युवा — एकतामा शक्ति, सेवामा नेतृत्व।” साथै उनले सबै नेपाली युवाहरूलाई एकजुट भएर आफ्नो मत प्रदान गरी समावेशी नेतृत्व निर्माणमा साथ दिन आग्रह गरेका छन्।

बिबेक धिमालको यो उम्मेदवारी एनआरएन क्यानाडाका युवा वर्गमा उत्साह र आशाका साथ स्वागत गरिएको छ।