नेत्र अमागाईंद्धारा एनआरएनए क्यानाडाका लागि सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

टोरन्टो, क्यानडा – जुलाई १६, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेत्र अमागाईंले सह-कोषाध्यक्ष (Joint Treasurer) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

नेत्र अमागाईंले समाजसेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्वप्रति आफ्नो दीर्घकालीन समर्पण झल्काउँदै, अबको निर्वाचनमा नेपाली समुदायको विश्वास र समर्थन माग गरेका छन्। उनले आफूले सधैं वित्तीय व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र संस्थागत उत्तरदायित्वलाई प्राथमिकता दिँदै काम गर्दै आएको बताउँदै आगामी कार्यकालमा पनि यिनै मूल्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, “म तपाईंहरूसँग सहकार्य गर्दै एक उत्तरदायी, समावेशी र प्रभावशाली NRNA क्यानाडा बनाउने संकल्प लिएको छु।”

अमागाईंले क्यानडामा रहेका सम्पूर्ण नेपालीहरूको हितलाई केन्द्रमा राख्दै एनआरएनए क्यानाडालाई अझ पारदर्शी, जवाफदेही र सबल संस्था बनाउने आफ्नो अभियानमा समुदायको साथ, सुझाव र अमूल्य मतको अपेक्षा गरेका छन्।

उनको उम्मेदवारीले एनआरएनए क्यानाडाको आर्थिक प्रणालीमा विश्वसनीयता र सदाचार कायम गर्ने दिशामा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।