डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डकी महिला संयोजक (२०२३–२०२५) प्रजया न्यौपानेले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सम्पूर्ण सहयोगीहरू, समुदाय, तथा टिम सदस्यहरूलाई भावनात्मक धन्यवाद दिनुभएको छ।
उहाँको कार्यकालको दौरान, विभिन्न कार्यक्रमहरू, सहयोग अभियानहरू, र सांस्कृतिक गतिविधिहरूमा सक्रियतापूर्वक संलग्न रही महिला सशक्तिकरण तथा समुदाय समृद्धिमा योगदान पुर्याउनुभएको थियो।
“यो दुई वर्षको यात्रा अर्थपूर्ण रह्यो। प्रकाश सापकोटा नेतृत्वको टिम र NRNA का सबै साथीहरूसँग काम गर्न पाउँदा गर्व लाग्यो। तपाईंहरूको साथबिना केही सम्भव हुने थिएन। तसर्थ, म सबैप्रति हृदयदेखि आभारी छु।” – प्रजया न्यौपाने
दुई वर्षे कार्यकालका प्रमुख गतिविधिहरू:
-
अन्तर्राष्ट्रिय महिला दिवस र तीज कार्यक्रम सन् २०२३ र २०२५ मा सफलतापूर्वक आयोजना
-
२०२४ मा सानो रकम संकलन गरी नेपालको “Bahini Educare Foundation – Shooren Dra” मा सहयोग
-
२०२५ मा संकलित सहयोग रकम आयरल्यान्डमा महिला आपतकालीन सहायता कोषका लागि प्रयोग
-
विभिन्न समुदायहरूसँग सहकार्य गर्दै सहयाेग र समन्वयमा योगदान
-
सांस्कृतिक संयोजक नमराज गौतम सँग निरन्तर सहकार्य, जसको साथ, समर्थन र हौसलाले यात्रालाई सहज बनायो
-
Nepal–Ireland Day मा Nepal Ireland Society र NRNA NCC Ireland सँग सहकार्य गर्दै नेपाली संस्कृतिको प्रवर्द्धन
-
बिकाश पण्डित (Help Desk) सँग सहकार्य गरी नेपाली समुदायका सदस्यहरूको दैनिक समस्या समाधानमा सक्रिय भूमिका
-
विशेष सांस्कृतिक विभागसँग सहकार्य गर्दै परम्परागत संस्कार प्रवर्द्धनमा जोड
-
अमृत तामाङद्वारा सांगीतिक तथा प्रविधिक सहयोगमा उल्लेखनीय योगदान
-
दिदीबहिनी टिम सँग मिलेर महिला स्वास्थ्य केन्द्रित कार्यक्रमहरू, जसमा डा. अश्मिन मिश्र मार्फत Cervical Screening र HPV Vaccine सम्बन्धी जानकारी कार्यक्रम
उहाँले सारु थापा, मिथु सापकोटा राणा, अनु घिमिरे, भावना शर्मा, लगायत सबै दिदीबहिनी टिमलाई विशेष धन्यवाद दिंदै भन्नुभयो, “तपाईंहरूको साथबिना महिला दिवस र तीजजस्ता कार्यक्रम सफल हुन्न थिए। तपाईंहरूको समर्थनको म कदर गर्छु।”
नयाँ भूमिका: महिला उपाध्यक्ष, NRNA आयरल्यान्ड (२०२५–२०२७)
प्रजया न्यौपाने अहिले NRNA आयरल्यान्डको महिला उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ। नयाँ टिमसँग मिलेर समुदायको हितमा अझै प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो: “अब नयाँ टिमसँग मिलेर अवसरहरू सिर्जना गर्ने, नेपाली महिलाको सशक्तिकरणमा निरन्तर लाग्ने, र समुदायलाई अझ सशक्त बनाउने दिशामा काम गर्नेछु।”
उहाँले आगामी हारितालिका तीज २०२५ लाई भव्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिँदै, सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ।
प्रजया न्यौपानेले नयाँ टिममा सफलता र सहकार्यको शुभकामना व्यक्त गर्दै सबैलाई साथ, सहयोग र अपनत्वका साथ अगाडि बढ्न आह्वान गर्नुभएको छ।