एनआरएनए आयरल्याण्डको महासचिवमा प्रविण बराल निर्वाचित

everest kitchen

डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि भएको निर्वाचनमा प्रविण बराल महासचिव पदमा निर्वाचित हुनुभएको छ।

गत चार वर्षको अवधिमा एनआरएनए आयरल्याण्डको सदस्य र कोषाध्यक्षको रूपमा सक्रिय भूमिका निर्वाह गरेका बरालले निरन्तर सेवा, पारदर्शिता र समुदायप्रतिको समर्पणमार्फत आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्दै आएका थिए।

उहाँले उम्मेदवारी घोषणा गर्ने बेलामा नै समावेशी सोच, व्यवहारिक योजना र सबै नेपालीलाई समेट्ने दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो। बरालको विजयसँगै समुदायमा उम्मेदवार होइन, कार्यकर्ता शैलीको नेतृत्व प्राप्त भएको अनुभूति गरिएको छ।

एनआरएनए आयरल्याण्डको नयाँ महासचिवको रूपमा प्रविण बरालको कार्यकालले संस्थालाई अझ पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने विश्वास समुदायले व्यक्त गरेको छ।