ज्योत्सना अधिकारी एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा निर्वाचित

everest kitchen

आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (2025-2027)का लागि ज्योत्सना अधिकारी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी छिन्। उनले यस अवसरमा सम्पूर्ण समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।

ज्योत्सना अधिकारीले आफ्नो बिजयको पछि भनिन्, “म एकमात्र महिला उम्मेदवारलाई योग्य मान्दै, थोरै समयमा पनि मलाई भारी मतका साथ बिजयी गराउनु हुने सम्पूर्ण आयरल्याण्डवासी दाजुभाई, दिदीबहिनी, आमा-बुवा, इस्टमित्र, साथी-संगी, पत्रकार र मेरा प्रतिद्वन्द्वी साथीहरु, मलाई प्यानलमा राखेर सहयोग गर्ने ओम दाइ, निर्वाचनमा खटिनुहुने सम्पूर्ण निर्वाचन अधिकृत लगायत मलाई साथ दिने र अमूल्य भोट दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”

उनले यस अवसरमा आभार व्यक्त गर्दै भने, “यो जित केवल मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायको जित हो। यसले आगामी दिनमा हाम्रो समुदायलाई अझ सशक्त र समृद्ध बनाउनको लागि एक नयाँ दिशा दिनेछ भन्ने विश्वास राख्दछु।”

ज्योत्सना अधिकारीले आफ्नो कार्यकालमा नेपाली समुदायको हितमा इमानदारीपूर्वक काम गर्ने अठोट व्यक्त गरेकी छन् र सबैलाई यस संस्थामा अझ राम्रो, समावेशी र उत्तरदायी परिवेश निर्माण गर्न योगदान दिने अपील गरिन्।

उनले भनिन्, “संगै, हामी एनआरएनए आयरल्याण्डलाई अझ सक्षम र प्रभावकारी बनाउन सक्छौं।”