सतिश पराजुली एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा निर्वाचित

everest kitchen

आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतिश पराजुली निर्वाचित भएका छन्। उनले आफ्नो बिजयको अवसरमा सम्पूर्ण मतदाताहरूसँग आभार व्यक्त गरेका छन्।

सतिश पराजुलीले आफ्नो विजयपछि भने, “म तपाईं सबैको समर्थन, विश्वास र प्रोत्साहनका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईंहरूको साथले मेरो लागि सबैथोक हो। म यस यात्रामा तपाईंहरूको निरन्तर समर्थन र मार्गदर्शनसँगै अगाडि बढ्न इच्छुक छु।”

उनले आफूलाई सबैको भरोसा जित्ने र सामूहिक प्रयासमा अगाडि बढ्ने संकल्प गरेका छन्। “सङ्गै, हामी एनआरएनए आयरल्याण्डलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्यमा काम गर्दै, हाम्रो समुदायको उत्थान र समृद्धिको लागि योगदान पुर्याउनेछौं।”

सतिश पराजुलीको चुनावी यात्रा समुदायको सहयोग र विश्वासको प्रतीक बनेको छ।