टेक्सास, एनआरएनए यूएसएका सदस्यहरूलाई सम्बोधन गर्दै, गोविन्द गौतमले टेक्सास च्याप्टरको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले भने, “हामी सबै मिलेर हाम्रो संस्थाको गौरव र प्रतिष्ठा पुन:स्थापित गर्न सक्छौं। मेरो प्राथमिक उद्देश्य भनेको सबै समुदायलाई एकजुट पार्नु र संस्थाका मुख्य लक्ष्यमा पुनः केन्द्रित हुनु हो।”
उनले आफ्नो उम्मेदवारीमा सबै सदस्यहरूलाई समर्थन गर्न आह्वान गर्दै भने, “तपाईंहरूको विश्वास र समर्थनले मात्रै यो अभियान सफल बनाउँछ। हामी सबै मिलेर एक समृद्ध र समावेशी समुदायको निर्माण गर्न सक्छौं।”
गोविन्द गौतमले सबैलाई एनआरएनए टेक्सास च्याप्टरको सदस्यता लिन र आफ्नो अभियानमा समर्थन गर्न पनि आग्रह गरे। सदस्यता आवेदनको अन्तिम मिति र नवीकरण मिति ६ जुलाई २०२५ सम्म रहेको छ।
उनले थपे, “तपाईंहरूको मतदानले मात्र यस दृष्टिकोणलाई वास्तविकता बनाउनेछ।”