लक्ष्मी थापाद्वारा एनआरएनए न्यूयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

न्यूयोर्क, जुलाई १६, २०२५
एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) अन्तर्गत न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि लक्ष्मी थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्।

न्यूयोर्कवासी नेपाली समुदायलाई सम्बोधन गर्दै थापाले भनिन्: “आदरणीय न्यूयोर्कवासी नेपाली समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमन

म विगत ४ वर्षदेखि एनआरएनए एनसीसी अमेरिका न्यूयोर्क च्याप्टरमा विभिन्न जिम्मेवारीहरूमा रही कार्य गर्दै आएकी छु। यही अनुभव, तपाईंहरूको विश्वास र हौसलाका आधारमा म आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु।”

लक्ष्मी थापाको उद्देश्य र प्रतिबद्धता:

लक्ष्मी थापा समुदायभित्र सक्रिय सहभागिता, महिला नेतृत्वको सशक्तिकरण, पारदर्शिता र समावेशी सहभागितामा विश्वास राख्ने नेतृ हुन्। अध्यक्ष पदमा निर्वाचित भएमा उनले सबै वर्ग, पेसा र उमेर समूहका नेपालीहरूका लागि समान अवसर र सम्मानजनक सहभागिताको वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

मुख्य एजेन्डाहरू:

  • न्यूयोर्कमा रहेका नेपाली समुदायको हकहितका लागि सबल र सुनियोजित कार्यक्रमहरू

  • महिला, युवा तथा श्रमिक वर्गको सशक्त सहभागिता

  • एनआरएनए च्याप्टरलाई सबैको साझा मञ्च बनाउने पहल

  • संस्थागत पारदर्शिता, जवाफदेहिता र समर्पण

थापाको अपिल:

“म तपाईंहरूको साथ, समर्थन र अमूल्य मतदानको अपेक्षा गर्दछु। हामी सबै मिलेर न्यूयोर्क च्याप्टरलाई अझ सशक्त, समावेशी र अग्रगामी बनाउनेछौं।”