नागोया, जापान | आगामी NRNA जापानको निर्वाचन (२७ जुलाई २०२५) नजिकिँदै गर्दा नागोया क्षेत्रबाट सुदर्शन तिवारीले सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन्। ८ वर्षदेखि नागोयामा बसोबास गर्दै आएका तिवारीले जापानस्थित नेपाली समाजको जमीनी अवस्थालाई निकटबाट अनुभव गरेको बताउँदै, भाषा र संस्कृतिको संरक्षणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्।
“हाम्रा अभिभावक जापानी भाषा नबुझेका कारण दैनिक जीवनमा समस्या भोगिरहेका छन् भने, अर्कोतर्फ हाम्रो नयाँ पुस्ता नेपाली भाषा र संस्कृतिबाट टाढिँदै गएको छ,” तिवारीले भने।
उनले अगाडि थपे, “हामी आधुनिक जापानी समाजमा बाँचिरहेका छौं, तर आफ्नो मौलिकता, पहिचान र परम्परा जोगाउने जिम्मेवारीबाट भाग्न मिल्दैन।”
तिवारीका प्रतिबद्धताहरू यसप्रकार छन्:
-
अभिभावकहरूका लागि सहज पहुँचमा जापानी भाषा कक्षा सञ्चालन
-
बालबालिकाका लागि नेपाली भाषा र संस्कृति सिकाउने अभियान
-
पारदर्शी, समावेशी, र उत्तरदायी NRNA निर्माणमा सक्रिय भूमिका
उनको नारामा “हामी सबैको NRNA, हामीलाई सँगै NRNA” भन्ने भावना झल्किन्छ। तिवारीले सबै नेपाली समुदायलाई आगामी निर्वाचनमा आफ्नो मतद्वारा परिवर्तनको थालनी गर्न आह्वान गरेका छन्।