भोलाराम सुवेदीद्वारा एनआरएनए दक्षिण अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

एडिलेड, अष्ट्रेलिया | आगामी गैर आवासीय नेपाली संघ (NRNA) South Australia को कार्यसमिति (२०२५–२०२७) को निर्वाचनका लागि भोलाराम सुवेदीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। समुदायमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्दै आएका सुवेदीले NRNA लाई अझ समावेशी, पारदर्शी र समुदायमुखी बनाउने दृढ संकल्पसहित उम्मेदवारी घोषणा गरेका हुन्।

सामुदायिक पृष्ठभूमि र योगदान:
सुवेदी अष्ट्रेलिया आएको समयदेखि नै विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूमा जिम्मेवार भूमिकामा क्रियाशील छन्। विशेषगरी कोरोना महामारीको कठिन समयमा विद्यार्थीहरूका लागि रोजगारमुखी तालिम सञ्चालनमा उनको सक्रियता उल्लेखनीय रह्यो।

सुवेदीद्वारा प्रस्तुत प्रमुख एजेन्डाहरू:

🔹 संस्कृति र परम्पराको संरक्षण: नेपाली पर्व, कला, संस्कार र परम्परालाई आगामी पुस्तासम्म हस्तान्तरण गर्ने नवीन कार्यक्रमहरू।
🔹 संस्थागत सहकार्य र समन्वय: एडिलेडमा क्रियाशील संघसंस्थासँग सहकार्य गर्दै नेपाल र नेपालीको पहिचानलाई बहुसांस्कृतिक समाजमा सशक्त बनाउने।
🔹 दोस्रो पुस्ता सशक्तिकरण: नेपाली भाषा, धर्म र संस्कृति सँग जोड्ने बालबालिका तथा युवा लक्षित कार्यक्रमहरू।
🔹 सहज सेवा र पहुँच: नयाँ आगन्तुक, विद्यार्थी तथा समस्यामा परेका व्यक्तिहरूलाई सहज सेवा र स्वागत वातावरण निर्माण।
🔹 पारदर्शिता र जवाफदेहिता: संस्थालाई पारदर्शी, खुला र उत्तरदायी बनाउने प्रतिबद्धता।

सुवेदीले अन्त्यमा भने: “हामी सँगै मिलेर उज्यालो, एकताबद्ध र समृद्ध प्रवासी नेपाली समाज निर्माण गर्न सक्छौं भन्ने दृढ विश्वास लिएको छु। म तपाईंहरूको सुझाव, साथ, समर्थन र आशीर्वादको अपेक्षा गर्दछु।”