एनआरएनए जापानको क्षेत्रीय सह-कोषाध्यक्ष पदमा भिम बहादुर गुरुङको उम्मेदवारी घोषणा

everest kitchen

“अनुभवको आधार, पारदर्शिता र सेवा मेरो प्रतिवद्धता!”

फुकुओका, जापान | आगामी NRNA जापान 2025–2027 कार्यकालको निर्वाचनलाई लक्षित गर्दै भिम बहादुर गुरुङले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापानमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गुरुङले पारदर्शी, जवाफदेही र सहयोगी नेतृत्व दिने संकल्प व्यक्त गरेका छन्।

सामाजिक अनुभव र नेतृत्वभूमिका:

भिम गुरुङले विगत केही वर्षमा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्:

  • तमु धी क्यूस्यू अध्यक्ष (२०१६–२०२०)

  • क्यूस्यू क्षेत्रीय सदस्य (२०१७–२०१९)

  • जनजाति महासंघ क्यूस्यू अध्यक्ष (२०१९–२०२१)

  • क्यूस्यू क्षेत्रीय उपसंयोजक (२०२१–२०२३)

  • क्यूस्यू क्षेत्रीय संयोजक (२०२३–२०२५)

यी अनुभवहरूले गुरुङलाई लेखा पारदर्शिता, जिम्मेवारी र क्षेत्रीय समन्वयमा आधारित सशक्त नेतृत्व प्रदान गर्न सक्षम बनाएको विश्वास उनले व्यक्त गरेका छन्।

उम्मेदवार गुरुङका प्राथमिकता र एजेन्डा:

  1. लेखा प्रणालीमा पारदर्शिता: सबै सदस्यले सजिलै बुझ्न सक्ने ढंगमा लेखा प्रतिवेदन सार्वजनिक गर्ने।

  2. डिजिटल लेखा रिपोर्टिङ: QR कोड वा वेबसाइटमार्फत सुलभ प्रतिवेदन पहुँच।

  3. क्षेत्रीय समन्वय: क्यूस्यूसहित सबै क्षेत्रसँग सन्तुलित र समान सहकार्य।

  4. सेवा–समर्पणको भावना: पदलाई बोझ नभई गर्वको रूपमा लिने प्रतिबद्धता।

गुरुङको अपील: “NRNA जापानलाई अझ सक्षम, पारदर्शी र समावेशी बनाउन तपाईंहरूको अमूल्य साथ, समर्थन र सुझाव मेरो लागि प्रेरणाको स्रोत हुनेछ।”

“सेवा, समर्पण र पारदर्शिताको यात्रा अघि बढाउने प्रणका साथ, तपाईंको भरोसा पाउने आशामा छु।”