एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष पदमा हरि प्रसाद कँडेलको उम्मेदवारी घोषणा

everest kitchen

“साथ, समर्थन र विश्वासका लागि धन्यवाद!”

टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि हरि प्रसाद कँडेलले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उमेदवारी दर्ता गर्दै कँडेलले जापानभरि रहनु भएका नेपाली अग्रज, दाजु–भाइ, दिदी–बहिनी र साथीहरूलाई नम्र अभिवादन गर्दै समर्थनको अपिल गरेका छन्।

“मैले NRNA जापानको क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। अब तपाईंहरूको साथ र समर्थनको पूर्ण विश्वासका साथ आग्रह गर्दछु— कृपया आफ्नो अमूल्य मतद्वारा विजय गराइदिनुहोला,” कँडेलले भने।

उनले एनआरएन अभियानलाई थप सशक्त, उत्तरदायी र समावेशी बनाउन आफ्नो अनुभव र नेतृत्व क्षमताले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।