अष्ट्रेलियालाई राष्ट्रको रूपमा सेवा गरे, अब समुदायको सेवाका लागि तयार — विकास पौडेलको १७ वर्षको प्रेरणादायी यात्रा

everest kitchen

सिड्नी, जुलाई १७ 
१७ वर्ष अघि, जुलाई १४, २००८ मा विकास पौडेल पहिलोपटक अष्ट्रेलिया ओर्लिए—ठुलो सपना र स्पष्ट उद्देश्यका साथ: शिक्षा र मेहनतबाट राम्रो जीवन बनाउने।

अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलियाको यात्रा थालेका विकासले Diploma in IT र त्यसपछि Master in Computer Science सम्मको शैक्षिक यात्रा पूरा गरे। पढाइका क्रममा रेस्टुरेन्टमा काम गर्दै आफैं खर्च चलाएका उनले विभिन्न IT कम्पनीहरूमा इन्टर्नशिप गर्दै करियरको ढोका खोल्न थाले।

व्यवसायदेखि डिफेन्स फोर्ससम्म
२०१३ मा स्थायी बसोबास (Permanent Residency) पाएपछि विकास Qantas Airways मा IT Deployment Engineer का रूपमा आबद्ध भए।
त्यसपछि अष्ट्रेलियन नागरिकता प्राप्त गरेपछि, उनले अर्को साहसी निर्णय लिए—अष्ट्रेलियन डिफेन्स फोर्समा Cyber Security Analyst का रूपमा सेवा दिने। करिब ८ वर्षसम्म डिफेन्समा रहेर अष्ट्रेलियाभर काम गरे।

“राष्ट्रिय सेवा” पछि “सामुदायिक सेवा”
डिफेन्स फोर्सबाट बिदा लिएपछि विकासले रियल इस्टेटमा पूर्णकालिक करियर सुरु गरे—Raine & Horne Austral अन्तर्गत। साथै, उनले Oran Park मा SR Karate सञ्चालन गर्दै बालबालिकालाई आत्मरक्षा, अनुशासन र आत्मविश्वास सिकाउँदै आएका छन्।

विकास Hamro Club का सक्रिय समिति सदस्य पनि हुन्। समुदायप्रति आफ्नो जिम्मेवारीप्रति सजग रहँदै, अहिले उनी NRNA (NSW) SCC Member का लागि उम्मेदवार बनेका छन्।

विकास पौडेल भन्छन्: “आज म एक उद्यमीको रूपमा उभिएको छु—जसले हरेक चुनौतीलाई अँगालेको छ। अब म तपाईंहरूको साथ खोज्दैछु, तपाईंहरूको विश्वास, तपाईंहरूको समर्थन।”

उनको प्रतिबद्धता स्पष्ट छ: “जति धेरै सेवा र मूल्य म तपाईंहरूलाई दिन सक्छु, त्यति नै गहिरो प्रतिबद्धता म लिन्छु। तपाईंहरूको समर्थनले मलाई अझ जिम्मेवार बनाउँछ।”

बिकाश पौडेल – उम्मेदवार, NRNA NSW SCC Member
“हामी मिलेर बढौं, सेवा गरौं, र सफल बनौं — सँगै!”