लन्डन, युके — १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) युकेको आसन्न निर्वाचनमा कृष्ण देवकोटाले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका देवकोटाले आफ्ना समर्थक तथा युकेमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समर्थनका लागि हार्दिक अनुरोध गरेका छन्।
देवकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उल्लेख गरेका छन्, “युकेमा बसोबास गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा मित्रजनहरू — तपाईंहरूको माया, ममता, आशीर्वाद र हौसलाले मेरा कदमहरू अघि बढिरहेका छन्। तपाईंहरूकै हिम्मतले मलाई समाजसेवामा लागिरहने ऊर्जा मिल्छ।”
एनआरएनए यूकेको सचिव पदका लागि उम्मेदवारी दिंदा आफूमाथि समुदायले विश्वास गर्ने विश्वास व्यक्त गर्दै उनले थपे,
“NRNA NCC UK को सचिव पदमा उम्मेदवारी दिएको छु। तपाईंहरूले आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराइ सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने पूर्ण आशावादी छु।”
देवकोटा लामो समयदेखि बेलायतको नेपाली समुदायसँग सक्रिय रूपमा आबद्ध छन्। विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी गैरआवासीय नेपालीहरूको हित र आवाज बुलन्द गर्न कटिबद्ध छन्।
उनको उम्मेदवारीसँगै युकेस्थित नेपाली समुदायमा नयाँ नेतृत्वप्रति चासो थपिएको देखिन्छ।