पुण्य रेग्मीद्धारा एनआरएनए यूकेको महासचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

लन्डन, युके — १७ जुलाई २०२५

गैर आवासीय नेपाली संघ (NRNA) युकेको २०२५ को निर्वाचन नजिकिँदै गर्दा पुण्य रेग्मीले महासचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। युकेको नेपाली समुदायबीच लामो समयदेखि सामाजिक तथा संस्थागत रूपमा सक्रिय रेग्मीले सबैको साथ र समर्थनको अपेक्षा गरेका छन्।

उनी भन्छन्, “म NRNA UK को आगामी निर्वाचनमा महासचिव पदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा गौरवान्वित छु। हामी सबै मिलेर एक बलियो र एकताबद्ध नेपाली समुदाय निर्माणतर्फ अघि बढ्नुपर्छ। त्यसका लागि तपाईंहरूको साथ, सहयोग र विश्वासको आवश्यकता छ।”

रेग्मीले गैर आवासीय नेपालीहरूको अधिकार, पहिचान र हितको पक्षमा मजबुत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युकेमा रहेर समुदायसँग निकट सम्पर्कमा रही निरन्तर क्रियाशील रहेका उनले संस्थाको पारदर्शिता, समावेशिता र सशक्त सहभागितामा विशेष जोड दिने बताउँछन्।

उनको उम्मेदवारीसँगै NRNA UK को नेतृत्वमा नयाँ सोच र अनुभवको मिश्रण आउने अपेक्षा गरिएको छ।