नारायण सुबेदीद्धारा एनआरएनए जापानको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

फुकुओका, जापान — १७ जुलाई २०२५

गैर–आवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा नारायण सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

जापानको फुकुओका क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय सुबेदीले समुदायका साझा हित, पारदर्शी नेतृत्व र समावेशी सोचका साथ उम्मेदवारी दिएका हुन्। उम्मेदवारी घोषणासँगै उनले जापानभर रहेका नेपाली समुदायसँग समर्थनको अपिल गरेका छन्।

उनी भन्छन्: “मेरो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थ वा पदको लालसा होइन। म सबै नेपालीले ‘हाम्रो र राम्रो संस्था’ भनेर गर्व गर्नसक्ने NRNA बनाउने लक्ष्यका साथ अघि बढेको छु।”

अनुभवको आधार:

  • २०१७–२०१९: सदस्य, NRNA क्युस्यु कार्यसमिति

  • २०१९–२०२१: कोषाध्यक्ष, NRNA जापान

  • २०२१–२०२३: मानार्थ सदस्य, NRNA जापान

  • २०२३–२०२५: कार्यकारी सदस्य, NRNA जापान

नारायण सुबेदीले नेतृत्वमा पारदर्शिता, इमानदारी र सहकार्यलाई मुख्य कार्यशैली बनाउने अठोट व्यक्त गरेका छन्। जात, धर्म, भूगोल वा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै नेपालीलाई समेट्न सक्ने संस्थाको परिकल्पना उनका शब्दहरूमा प्रस्ट झल्किन्छ।

उनले आफ्नो अन्तिम सन्देशमा उल्लेख गरेका छन्:
👉 “नाराको होइन, साराको NRNA बनाउनेछौं — हाम्रै कार्यकालमा!
तपाईंको एक मत सकारात्मक परिवर्तनको बलियो आधार बन्न सक्छ। साथ र विश्वास दिनुहोस्, म कहिल्यै धोका दिनेछैन।”