“युवा सशक्तिकरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकासका लागि प्रतिबद्ध उम्मेदवारी”
अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि NCC युवा सदस्य पदमा जयन्त सिंह बोहराले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली–अष्ट्रेलियाली समुदायका सक्रिय युवा आवाजका रूपमा चिनिएका बोहरा लामो समयदेखि युवा सशक्तिकरण, सांस्कृतिक पहिचानको संरक्षण, र नेतृत्व विकासका अवसर सिर्जना गर्न क्रियाशील छन्।
उनी भन्छन्:“म नेपाली समुदायमा पलाएका, हुर्केका युवाहरूमाझ नेटवर्क विस्तार गर्ने, नेतृत्व र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने, पुस्ता र क्षेत्रबीच सेतुको काम गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा युवाको आवाज प्रतिनिधित्व गर्ने प्रतिबद्धता लिएको छु।”
उनको प्रतिबद्धता यस प्रकार छ:
-
अष्ट्रेलियाभर बलियो युवा नेटवर्क निर्माण
-
नेतृत्व र सांस्कृतिक विकास कार्यक्रमको आयोजना
-
पुस्तागत तथा क्षेत्रीय समावेशिता र सहकार्यको प्रवर्द्धन
-
युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व
बोहराको अपिल: “तपाईंको आवाज, तपाईंको दृष्टिकोण, तपाईंको प्रतिनिधि — जयन्त सिंह बोहरा”
“सशक्त, समावेशी र उज्यालो युवा भविष्य निर्माण गर्न सँगै अघि बढौँ।”