चितवन, ५ साउन । गण्डक नहरमा एक पुरूषको शव फेला परेको छ।
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं ७ साइफोन नजिकै नवलपरासी पश्चिम जाने गण्डक नहरको ३ नं. ढोकामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
आज दिउसो करिब १:२० बजेको समयमा करिब ५५ देखि ६० बर्ष उमेरको पुरूष उक्त नहरको ३ नं ढोकामा घोप्टो परेको अवस्थामा तैरिरहेको फेला परेको थियो प्रहरीले बताएको छ।
शव पानीबाट बाहिर निकाली प्रारम्भिक अनुसन्धान कार्य भैरहेको छ।