मलेसियामा बर्दियाका लाल बहादुर केसीको निधन, शव स्वदेश फिर्ता गर्न राजु तामाङको पहल

everest kitchen

बैजनाथ, बाँके – साउन ९
बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी लाल बहादुर केसीको मलेसियामा निधन भएको छ। ३२ वर्षीय केसी मलेसियामा अबैधानिक हैसियतमा लामो समयदेखि कार्यरत थिए।

साथीको कोठामा गएका बेला अचानक छाती दुखेको भन्दै अस्पताल लगिएका केसीको उपचारका क्रममा मृत्यु भएको हो। उनको निधनपछि अस्पतालमा शव बेवारिसे अवस्थामा रहँदा परिवार र साथीसाथीहरू तनावमा परेका थिए।

यस्तो कठिन अवस्थामा मलेसियामा स्थापित RTFC फुटबल क्लबका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष पदका प्रत्यासी राजु तामाङले उपचार खर्च भुक्तान गर्दै मृत शरीर स्वदेश फिर्ता गराउने जिम्मेवारी लिएका छन्

राजु तामाङले भन्नुभयो, “विदेशी भूमिमा कुनै पनि नेपालीको मृत्यु हुनु दुखद हो। अझ शव परिवारसम्म नपुग्दा पीडामा थप पीडा थपिन्छ। त्यसैले सामाजिक जिम्मेवारी अन्तर्गत शव फिर्ता गराउन लागेको हुँ।”

सोमबार क्वालालम्पुरस्थित अस्पतालले केसीलाई मृत घोषणा गरेको थियो। परिवार तथा अस्पताल भर्ना गराउने साथीसँगको समन्वयमा तामाङले शव फिर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका हुन्।

मलेसियामा रहेका थुप्रै सामाजिक कार्यमा सक्रिय राजु तामाङले नेपाली समुदायलाई सधैं सहयोग गर्न तत्पर रहेको बताउँदै यस कार्यमा साथ र सहकार्य गर्ने नेपाली दूतावास र सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेका छन्।

शव भोलि (साउन १० गते) नै नेपाल ल्याइने र परम्परागत विधिअनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।