झगडा छुट्याउन गएका दाईमाथी भाइले गरे खुकुरी प्रहार, दाईको मृत्यु

everest kitchen

मुकेश कुमार यादव

सिरहा, ९ साउन। सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ।

गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी खुकुरी प्रहार गर्दा विहिवार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।

श्याम र उनकी श्रीमति कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत हुन थाले पछि छुट्याउन पुगेका मोतिराम माथि खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउ लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जनाए।

उनले भने, ‘खुकुरी प्रहार गरी जंगलतर्फ भागेका श्यामको राती बाटै खोजी कार्य भईरहेको छ। फरार रहेका सदालाई छिटै नै नियन्त्रण लिने जनाइएको छ।  शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।