एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को सचिव पदमा राशी सिंह ठकुरी विजयी

everest kitchen

मेलबर्न, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद् (VIC SCC) २०२५–२०२७ का लागि सम्पन्न निर्वाचनमा सचिव पदमा राशी सिंह ठकुरी विजयी भएकी छन्।

उनको विजयलाई समावेशी नेतृत्व, पारदर्शिता र युवाको सशक्तिकरणको प्रतिकका रूपमा हेरिएको छ। ठकुरीले मतदानमार्फत समुदायको विश्वास जित्दै नयाँ कार्यकालका लागि जिम्मेवारी सम्हाल्न लागेकी हुन्।

विजयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै ठकुरीले भनिन्, “यो जित मेरो मात्र होइन, सकारात्मक परिवर्तन, समावेशिता र युवाको नेतृत्वमा विश्वास राख्ने सम्पूर्ण समुदायको हो। अब साँचो काम सुरु हुन्छ — म इमानदारी, जोश र उद्देश्यका साथ सेवा गर्न तयार छु।”

उनको विजयले एनआरएनए भिक्टोरियामा युवाहरूको उत्साह र सहभागिता थप बलियो बनाउने विश्वास गरिएको छ।