सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आज सम्पन्न निर्वाचनमा अशोक ढुंगेल राष्ट्रिय युवा सदस्य (National Youth Member) पदमा विजयी भएका छन्।
ढुंगेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सम्पूर्ण एनआरएनए अष्ट्रेलिया परिवार, मतदाताहरू, शुभचिन्तकहरू र अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रति गहिरो आभार व्यक्त गरेका छन्।
उनले भनेका छन्, “मलाई अमूल्य मतद्वारा साथ र समर्थन गर्नु हुने सबैप्रति म हृदयदेखि नै कृतज्ञ छु। तपाईंहरूको विश्वासले आज मलाई यो जिम्मेवारी सम्हाल्ने अवसर प्रदान गर्यो।”
ढुंगेलले आगामी कार्यकालमा युवाहरूको आवाजलाई बुलन्द बनाउँदै नेपाली समुदायको हितमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
उनको यो विजयले एनआरएनए अष्ट्रेलियामा युवा सहभागिता र नेतृत्वमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।