सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा सन्तोष कुँवर अध्यक्ष पदमा विजयी भएका छन्। कुँवरले कडा प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै आगामी कार्यकालका लागि संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचनपछि अध्यक्ष कुँवरले सबै मतदाताहरू, समर्थकहरू, शुभेच्छुकहरू र सम्पूर्ण एनआरएनए अष्ट्रेलिया परिवारप्रति आभार व्यक्त गर्दै भने,
“यो विजय मेरो मात्र होइन, सम्पूर्ण नेपाली समुदायको हो। हामी सबै मिलेर समावेशी, पारदर्शी र प्रगतिशील एनआरएनए निर्माणमा समर्पित हुनेछौं।”
सन्तोष कुँवरको नेतृत्वमा एनआरएनए अष्ट्रेलियाले प्रवासी नेपालीहरूको हकहित, युवा सहभागिता, महिला सशक्तिकरण, र समुदाय–देशबीचको सम्बन्धलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।