एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा बबिन मिश्र विजयी

everest kitchen

सिड्नी — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा बबिन मिश्र उपाध्यक्ष पदमा विजयी भएका छन्।

सशक्त युवा नेतृत्वको छवि बनाएका मिश्रले विभिन्न राज्यबाट व्यापक समर्थन प्राप्त गर्दै उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।
उनको विजयसँगै एनआरएनए अष्ट्रेलियाको भावी नेतृत्वमा युवा जोश, पारदर्शिता, र कार्यकुशलता थपिने विश्वास गरिएको छ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै मिश्रले भने:
“यो जित सम्पूर्ण समुदायको हो। सबैको साथ र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा प्रवासी नेपालीहरूको हकहितका लागि अझ दृढताका साथ काम गर्नेछु।”

बबिन मिश्रको विजयसँगै एनआरएनए अष्ट्रेलियाको नेतृत्व टोलीमा नयाँ ऊर्जा र दिगो रूपान्तरणको आशा गरिएको छ।