एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) विजयी

everest kitchen

सिड्नी — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा चूडामणि सापकोटा (ज्ञानु) महासचिव पदमा विजयी भएका छन्।

नेपाली समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सापकोटाले विश्वास, समर्पण र अनुभवका आधारमा प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै महत्वपूर्ण पदमा जित हासिल गरेका हुन्।

विजयी भएपछि सापकोटाले भावुक हुँदै भने: “सम्पूर्ण मतदाताहरू, शुभेच्छुकहरू, र प्रवासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दछु। यो जित मेरो मात्र होइन, समुदायको जित हो। अबको प्राथमिकता संस्थालाई अझ पारदर्शी, समावेशी र जवाफदेही बनाउनु हो।”

उनको जितसँगै एनआरएनए अष्ट्रेलियामा संगठनात्मक सुदृढीकरण र संस्थागत सुधारको अपेक्षा गरिएको छ।