एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजक पदमा पुकार घिमिरे विजयी

everest kitchen

सिड्नी — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालको निर्वाचनमा पुकार घिमिरे राष्ट्रिय युवा संयोजक पदमा विजयी भएका छन्।

उत्कृष्ट युवा नेतृत्वका रूपमा परिचित घिमिरेले एनआरएनएमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न लामो समयदेखि काम गर्दै आएका थिए। विजयी घोषणापछि उनले सामाजिक सञ्जालमा लेखे:

“यो जित सम्पूर्ण युवाको हो। तपाईंहरूको विश्वास, मत र समर्थनको लागि आभारी छु। अबको प्राथमिकता — युवाको आवाज बुलन्द पार्दै, समावेशी र ऊर्जावान नेतृत्वको अभ्यास गर्नु हो।”

घिमिरेको जितसँगै एनआरएनए अष्ट्रेलियामा नयाँ ऊर्जा, विचार र योजनासहित युवा सशक्तिकरणको अभियानले गति लिने अपेक्षा गरिएको छ।