सिड्नी — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालको निर्वाचनमा रिज्नू अधिकारी राष्ट्रिय महिला संयोजक पदमा विजयी भएकी छन्।
समाजसेवा, महिला सशक्तिकरण र प्रवासी नेपाली महिलाको हकहितको पक्षमा लामो समयदेखि सक्रिय अधिकारीले महिला संयोजक पदमा उल्लेखनीय मतान्तरसहित जित हासिल गरेकी हुन्। विजयी घोषणापछि उनले धन्यवाद व्यक्त गर्दै भनिन्:
“यो जित सबै नेपाली महिलाको जित हो। तपाईंहरूको विश्वास र साथप्रति कृतज्ञ छु। अब हामी मिलेर प्रवासी नेपाली महिलाको सशक्तिकरण, समावेशिता र नेतृत्व विकासमा काम गर्नेछौं।”
रिज्नू अधिकारीको जितसँगै एनआरएनए अष्ट्रेलियामा महिला नेतृत्वको भूमिकालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।