सिड्नी — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय युवा सचिव पदमा सचिन थापा विजयी भएका छन्। २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा थापाले उल्लेखनीय मत प्राप्त गर्दै यो पदमा जित हासिल गरेका हुन्।
नयाँ नेतृत्वका रूपमा उदीयमान थापा लामो समयदेखि युवामाझ सक्रिय छन्। प्रवासी नेपाली युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सहभागितालाई प्राथमिकतामा राख्दै उनले आफ्नो कार्यकाललाई युवामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
विजयपछि थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखे: “यो जित मेरो मात्र होइन, हरेक नेपाली युवाको हो। तपाईंहरूको साथ, विश्वास र मतप्रति आभारी छु। अब जिम्मेवारीको समय आएको छ — म युवा आवाजलाई संस्थागत रुपमा अझ बुलन्द बनाउने प्रयासमा समर्पित रहनेछु।”
उनको नेतृत्वमा एनआरएनए अष्ट्रेलियाको युवातर्फको गतिविधि थप सक्रिय र समावेशी हुने अपेक्षा गरिएको छ।