सिड्नी — एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य अन्तर्गत एनसीसी सदस्य पदमा अवानी पौडेल विजयी भएकी छन्। हालै सम्पन्न निर्वाचनमा उल्लेखनीय मतका साथ पौडेलले यो महत्वपूर्ण जिम्मेवारी हात पार्न सफल भएकी हुन्।
समुदायमा निरन्तर सक्रिय पौडेल सामाजिक सेवामा लामो समयदेखि संलग्न रही आएकी छन्। विशेषगरी महिला, युवा र समावेशी नेतृत्वका पक्षमा आवाज उठाउँदै आएकी अवानीले एनआरएनए मार्फत अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विजयपछि अवानी पौडेलले भनिन्:
“यो जित म एक व्यक्तिको रुपमा होइन, समुदायको आवाजको रुपमा लिन्छु। मलाई विश्वास गरेर मत दिनु हुने सम्पूर्णलाई धन्यवाद। अब जिम्मेवारी पुरा गर्ने समय आएको छ।”
उनको जितसँगै न्यू साउथ वेल्समा एनआरएनएको गतिविधि अझ सशक्त र समावेशी हुने अपेक्षा गरिएको छ।