डार्विन — हालै सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ अन्तर्गत नर्दन टेरिटोरी (NT) को महिला राज्य संयोजक पदमा सुजना के.सी विजयी भएकी छन्।
सामुदायिक सेवा, महिला सशक्तीकरण र नेतृत्व विकासमा सक्रिय सुजना के.सीले उल्लेखनीय मत ल्याउँदै प्रतिस्पर्धीलाई पछि पारिन्। उनको विजयसँगै एनटी राज्यमा महिला नेतृत्व अझ सशक्त र सक्रिय हुने विश्वास लिइएको छ।
विजयपछिको प्रतिक्रिया दिँदै सुजना के.सीले भनिन्: “म यो जितलाई सम्पूर्ण एनटी समुदायका महिला दिदीबहिनीहरूको जितको रुपमा लिन्छु। अबको मेरो लक्ष्य महिला सहभागिता र सशक्तीकरणमा अझ प्रभावकारी काम गर्नु हो।”
उनी विगतदेखि नै विभिन्न सामाजिक अभियान र सामुदायिक सहकार्यमा अग्रसर रही आएकी छन्।
उनको जितले एनटी राज्यमा महिला नेतृत्वको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।