डार्विन, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचन (२०२५–२०२७ कार्यकाल) अन्तर्गत नर्दन टेरिटोरी (NT) को राज्य संयोजक पदमा त्रिलोचन सापकोटा विजयी भएका छन्।
त्रिलोचन सापकोटा अष्ट्रेलियाको एनटी राज्यमा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता तथा समुदायिक नेतृत्वकर्ता हुन्। उनको जितले एनटी राज्यमा एनआरएन अभियानलाई थप मजबुती दिने विश्वास गरिएको छ।
विजयपछिको प्रतिक्रिया दिँदै सापकोटाले भने:“यो जित मेरो मात्र होइन, सम्पूर्ण एनटीमा बसोबास गर्ने नेपाली समुदायको जित हो। अबको मेरो लक्ष्य समुदायलाई अझ एकीकृत, सक्रिय र आत्मनिर्भर बनाउने हो।”
उनले आगामी कार्यकालमा सामुदायिक सशक्तीकरण, युवा सहभागिता, र संस्थागत समन्वयमा विशेष प्राथमिकता दिने बताएका छन्।