पर्थ, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचन (२०२५–२०२७ कार्यकाल) अन्तर्गत पश्चिम अष्ट्रेलिया (Western Australia) प्रदेशको ‘नारी निकुञ्ज सदस्य’ पदमा करुणा भाट विजयी भएकी छन्।
समाजसेवामा लामो समयदेखि सक्रिय करुणा भाटले नारी सशक्तीकरण, लैङ्गिक समानता, र नेपाली महिलाहरूको हकहितको पैरवी गर्दै आएकी छिन्। निर्वाचनमा उनको जितलाई महिलाहरूको आवाज अझ बुलन्द हुने संकेतका रूपमा लिइएको छ।
विजयपछि प्रतिक्रिया दिँदै भाटले भनिन्:“यो जित सम्पूर्ण नेपाली महिलाहरूको हो। अबको यात्रामा म सबै महिलाहरूको सशक्तीकरणका लागि काम गर्न प्रतिवद्ध छु।”
उनले आगामी कार्यकालमा नेपाली महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, र सांस्कृतिक संरक्षणमा केन्द्रित रहेर कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएकी छिन्।