एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य समन्वय परिषद्को डिपुटी युथ कोअर्डिनेटर पदमा शशांक बस्याल विजयी

everest kitchen

सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचन (२०२५–२०२७ कार्यकाल) अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को डिपुटी युथ कोअर्डिनेटर पदमा शशांक बस्याल विजयी भएका छन्।

युवा नेतृत्व र समाजसेवामा सक्रिय बस्यालले युवामाझ सकारात्मक सोच, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन्। निर्वाचनमा उनको विजयीले एनआरएनए अष्ट्रेलियामा युवा सहभागिता र नेतृत्वमा नयाँ उचाइ थपेको छ।

विजयी प्रतिक्रिया:

शशांक बस्यालले भने: “तपाईंहरूको माया, साथ र विश्वासको लागि धन्यवाद। म यो जिम्मेवारीलाई इमानदारी, ऊर्जाशीलता र समर्पणका साथ पूरा गर्नेछु।”

शशांक बस्यालले आगामी कार्यकालमा नेपाली युवाहरूलाई प्रवासी भूमिमा एकत्रित गर्ने, अवसर सिर्जना गर्ने, र नेतृत्व विकास गर्ने लक्ष्य लिएका छन्।