क्यानबेरा, अष्ट्रेलिया — हालै सम्पन्न गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचन (२०२५–२०२७ कार्यकाल) अन्तर्गत एसीटी (ACT) राज्यको महिला संयोजक पदमा यसुना नकर्मी विजयी भएकी छन्।
समुदायसेवा र महिला सशक्तिकरणमा सक्रिय यसुना नकर्मीको जितलाई नेपाली समुदायमा महिला नेतृत्वको सशक्त प्रतिनिधित्व को रूपमा हेरिएको छ।
विजयी प्रतिक्रिया:
यसुना नकर्मीले भनिन्: “महिला आवाज बुलन्द गर्न, सामाजिक सहभागिता बढाउन र समावेशी नेतृत्व विकासमा म समर्पित रहनेछु। तपाईंहरूको विश्वासप्रति आभार।”
उनको नेतृत्वले अष्ट्रेलियामा रहेका नेपाली महिलाहरूको हक, हित र प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यसुना नकर्मीलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना!