सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्का एनसीसी सदस्य पदमा विवेक ओझा विजयी भएका छन्।
विवेक ओझा सामाजिक अभियन्ता र नेपाली समुदायमा सक्रिय नेता हुन्, जसले प्रवासी नेपाली समुदायको हकहित, विकास र एकता बलियो बनाउन निरन्तर योगदान गर्दै आएका छन्। उनको विजयीले एनआरएनएको नेतृत्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
विजयी प्रतिक्रियाः
विवेक ओझा ले भने:“म आफ्नो सम्पूर्ण प्रयास र समर्पण यस पदमा पुर्याउनेछु। तपाईंहरूको विश्वास र समर्थनका लागि हार्दिक धन्यवाद।”
उनले आगामी दिनहरूमा समुदायलाई थप एकीकृत र सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्ने योजना बनाएका छन्।