मेलबर्न, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा भिक्टोरिया राज्य संयोजक पदमा महादेव धानुक विजयी भएका छन्।
समुदायप्रति सक्रिय र समर्पित नेतृत्वको रूपमा परिचित महादेव धानुकले प्रदेशस्तरीय समन्वय, नेपाली समुदायको सशक्तिकरण तथा युवाहरूको नेतृत्व विकासमा प्राथमिकता दिने घोषणा गरेका छन्।
विजयी घोषणापछि धानुकले भने: “यो जित मेरो मात्र होइन, समावेशी र सशक्त एनआरएनए बनाउने सपना देख्ने सम्पूर्ण भिक्टोरिया वासिको जित हो। सबैप्रति आभारी छु।”
उनको नेतृत्वमा विक्टोरियामा रहेका नेपालीहरूको सहभागिता, सेवा तथा एकताको भावना अझ प्रगाढ हुने विश्वास गरिएको छ।
एनआरएनए अष्ट्रेलियाका सम्पूर्ण निर्वाचित प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!