अष्ट्रेलिया, जुलाई २०२५ — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालको निर्वाचन अन्तर्गत राष्ट्रिय उप–युवा संयोजक (National Deputy Youth Coordinator) पदमा मनिष सिग्देल विजयी भएका छन्।
युवाहरूको आवाज, सशक्त नेतृत्व र रचनात्मक अभियानको पक्षपोषक मनिष सिग्देलले एनआरएनए युवा विभागमा लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएका छन्। निर्वाचनमा जितसँगै उनले देश-विदेशमा रहेका नेपाली युवाहरूलाई जोड्ने, नेतृत्व विकासमा सहयोग गर्ने र नवप्रवासी युवाहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
विजयी सन्देशमा सिग्देलले भने: “तपाईंहरूको अमूल्य मत, साथ र विश्वासले मलाई यो जिम्मेवारी दिइएको हो। अब म यो भूमिकालाई सम्पूर्ण इमान, निष्ठा र ऊर्जा सहित निर्वाह गर्नेछु।”
मनिष सिग्देललाई एनआरएनए अष्ट्रेलिया परिवार, युवाहरू र शुभेच्छुकहरूबाट बधाईको ओइरो लागेको छ। आगामी दिनमा युवाहरूका लागि नयाँ योजनाहरू र कार्यक्रम ल्याउने उनको योजना छ।