सिड्नी ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समितिको एससीसी (State Coordination Council) सदस्य पदमा विशाल रेग्मी विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित विजयी हासिल गर्दै आगामी दुई वर्षका लागि एनएसडब्लु राज्य समिति सदस्यका रूपमा चयन भएका हुन्। रेग्मी लामो समयदेखि सामाजिक सेवा र नेपाली समुदायमा सक्रिय सहभागीका रूपमा चिनिँदै आएका छन्।
निर्वाचनपश्चात प्रतिक्रिया दिँदै रेग्मीले भने, “यस जितले ममाथि थप जिम्मेवारी आएको छ। प्रवासी नेपालीहरूको हित र प्रतिनिधित्वका लागि म समर्पित भएर काम गर्नेछु।” उनले विशेषतः युवाहरू, श्रमिक वर्ग र नयाँ आप्रवासीहरूका विषयमा केन्द्रित भई काम गर्ने प्रतिवद्धता जनाएका छन्।
उनको यो जितलाई सक्रिय, इमानदार र अग्रसर नेतृत्वको अपेक्षासहित समुदायले स्वागत गरेको छ।