समावेशी नेतृत्व र सेवामूलक सोचको प्रतिनिधित्व
सिड्नी –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समिति अन्तर्गत उप–संयोजक पदमा चन्डिका ओली ओडारी विजयी भएकी छिन।
शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित आफ्नो जित सुनिश्चित गरेकी हुन्।
चन्डिका ओली ओडारी न्यू साउथ वेल्समा नेपाली समुदायबीच सामाजिक उत्तरदायित्व, युवा सशक्तिकरण र आपसी एकता प्रवर्द्धनमा निरन्तर क्रियाशील नाम हो। उनले लामो समयदेखि समुदायमा नेतृत्व र सेवा भावनासहितको उपस्थितिलाई प्रभावकारी बनाउँदै आएकी छिन।
विजयीपश्चात प्रतिक्रिया दिँदै ओडारीले भनिन्:“यो जित मेरो व्यक्तिगत सफलता होइन, सम्पूर्ण समुदायको विश्वास र समर्थनको प्रमाण हो। म आगामी कार्यकालमा पारदर्शिता, सहभागिता र समन्वयका माध्यमबाट प्रवासी नेपालीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउँछु।”
उनी एनआरएनए न्यू साउथ वेल्समा Team EKATA बाट उम्मेदवार बनेकी थिइन्, जुन समूह समावेशिता, सहकार्य र नतिजामुखी कार्यशैलीमा विश्वास राख्छ। ओडारीको चयनले उक्त समूहमा थप ऊर्जा र जनविश्वास थपिएको देखिएको छ।