एनआरएनए अष्ट्रेलिया नर्दन टेरिटोरीको कोषाध्यक्ष पदमा ईशन चौंलागाईं निर्वाचित

everest kitchen

नयाँ पुस्ताको प्रतिनिधित्वसहित आर्थिक पारदर्शितातर्फ प्रतिबद्धता

नर्दन टेरिटोरी, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नर्दन टेरिटोरी (NT) राज्य समितिको कोषाध्यक्ष पदमा ईशन चौंलागाईं निर्वाचित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै २०२५–२०२७ कार्यकालका लागि कोषाध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।

आर्थिक क्षेत्रमा अध्ययन र अनुभव दुवै भएको चौंलागाईंले आफ्नो कार्यकालमा संस्थाको आर्थिक पारदर्शिता, जिम्मेवारी र नवीनतम प्रणालीको प्रयोगमार्फत कार्यप्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएका छन्।

विजयपश्चात उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने:“समुदायको विश्वासप्रति आभारी छु। म यो भूमिकालाई पारदर्शी र उत्तरदायी बनाउने प्रयत्नमा निरन्तर लागिरहनेछु।”

ईशन चौंलागाईंको जितलाई नयाँ पुस्ताको नेतृत्वमा आशा र विश्वासको मतका रूपमा लिइएको छ। प्रवासी नेपाली समुदायले उनीबाट आर्थिक अनुशासन, योजना र परिणाममुखी कार्यशैलीको अपेक्षा राखेका छन्।