एनआरएनए अष्ट्रेलिया एसीटी: सुवास तिवारी युवा उप–संयोजकमा निर्विरोध निर्वाचित

everest kitchen

क्यानबेरा, जुलाई २६
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि आयोजित निर्वाचनमा ACT राज्यका युवा उप–संयोजक पदमा सुवास तिवारी निर्विरोध निर्वाचित भएका छन्।

उक्त पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि तिवारी निर्विरोध रूपमा चयन भएका हुन्। यससँगै उनी ACT राज्यका युवा नेतृत्वमा स्थापित भएका छन्।

सुवास तिवारी लामो समयदेखि समुदाय, युवा सशक्तिकरण र नेतृत्व विकासको क्षेत्रमा सक्रिय रहँदै आएका युवा हुन्। निर्विरोध चयनलाई धेरैले उनको समर्पण, इमानदारी र सकारात्मक छविप्रतिको समुदायको विश्वासको रूपमा हेरेका छन्।

तिवारीको निर्वाचित भएपछि सामाजिक सञ्जालमा शुभकामना र बधाई सन्देशहरूको ओइरो लागेको छ। धेरै शुभचिन्तकहरूले उनीप्रति सफल कार्यकालको अपेक्षा व्यक्त गरेका छन्।