एनआरएनए अष्ट्रेलिया एसीटी: युवा फोरम सदस्य पदमा चार उम्मेदवार निर्विरोध निर्वाचित

everest kitchen

क्यानबेरा, जुलाई २६
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि ACT राज्य अन्तर्गत युवा फोरम सदस्य पदमा चार जना उम्मेदवार निर्विरोध चयन भएका छन्।

निर्विरोध निर्वाचित हुने उम्मेदवारहरू:

  • विशाल सुवेदी

  • सिजन रानाभाट

  • मञ्जु केसी

  • सुवास सुवेदी

कुनै पनि प्रतिस्पर्धी उम्मेदवारी नपरेपछि निर्वाचन समिति द्वारा यी चार जनालाई स्वतः निर्वाचित घोषणा गरिएको हो। यससँगै, ACT राज्यमा युवा नेतृत्व थप सशक्त र समावेशी हुने अपेक्षा गरिएको छ।

निर्वाचित युवाहरूलाई धेरैले समाजप्रतिको योगदान, अनुभव र प्रेरणादायी दृष्टिकोणका कारण योग्य उम्मेदवारका रूपमा स्वागत गरेका छन्। युवा शक्ति र नवप्रवर्तनशील सोचमार्फत उनीहरूले समुदायमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिएको छ।

समाजका विभिन्न क्षेत्रबाट बधाई र शुभकामना सन्देशहरू आइरहेका छन्। अबको दुईवर्षे कार्यकालमा उनीहरूले ACT राज्यको युवासम्बन्धी नीति, अवसर र कार्यक्रमहरूलाई अझ बलियो रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।