२७ जुलाई २०२५, सिड्नी ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य अन्तर्गत युवा मंच सदस्यमा दिपेन्द्र खड्का निर्वाचित भएका छन्। हालै सम्पन्न संघको कार्यकाल २०२५–२०२७ का लागि भएको निर्वाचनमा उनले युवा वर्गको प्रतिनिधित्व गर्दै सदस्य पदमा स्थान सुरक्षित गरेका हुन्।
समाजसेवामा सक्रिय दिपेन्द्र खड्का नेपाली समुदायबीच परिचित नाम हुन्। अष्ट्रेलियामा रहेका युवाहरूको आवाज बुलन्द गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएका थिए। निर्वाचनमा उनले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनपछि संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले भने, “एनआरएनएको माध्यमबाट म अष्ट्रेलियास्थित नेपाली युवाहरूका समस्या, सुझाव र सम्भावनाहरूलाई संस्थागत रूपमा अगाडि ल्याउने प्रयत्न गर्नेछु।”
एनआरएनए अष्ट्रेलियाको यो निर्वाचनमा देशभरका विभिन्न राज्यहरूबाट युवा तथा महिला प्रतिनिधिहरू निर्वाचित भइसकेका छन्।