क्वालालम्पुर : नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको १० औं बैठक क्वालालम्पुर स्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई आईतवार सम्पन्न भएको छ ।
बैठक बाट मञ्चले २ उपाध्यक्ष सहित १२ जना मनोनित गरेको छ। मनोनित हुनेमा उपाध्यक्ष डिल्लि न्यौपाने, महिला उपाध्यक्ष राधिका क्षेत्री, सदस्यहरु गोरख खवास , ईश्वर जोशी , सबिता तामाङ , रन बहादुर बुढा, प्रकाश खतिवडा , धनलाल पुन , मोहन घिमिरे , रुद्र बिक , लेख बहादुर खत्री , बिष्णु चौधरी रहेको छ।
त्यस्तै बैठकबाट मलेसिया रहेको बिभिन्न राज्य कमिटिहरुको पुनर्गठन तथा पदपुर्ती गर्ने निर्णय गरेको छ भने पार्टी संगठित सदस्य लाई मञ्च लाइ दिएको प्रतिवद्वता अनुसार तिब्रता दिने निर्णय गरेको छ। त्यस्तै प्रवासी नेपाली मञ्च पुर्वी एसीया कमिटी महादेश कमिटिको भौतिक बैठक मलेसियामा हुने र त्यस बैठकको व्यवस्थापन प्रवासी नेपाली मञ्च मलेसीयाले गर्ने निर्णय भएको छ भने मञ्च ले मलेसियामा रहेको विभिन्न संघ संस्थासंघ समन्वय गरी चाँडै नै सेल्टर हाउस स्थापना गर्ने र अधिवेशन पश्चात मलेसियाको घरफिर्ती केन्द्रमा रहेको श्रमिकलाई निरन्तर टिकटको व्य्वस्थापान हुने निर्णय भएको मञ्चका सचिव कृष्ण खड्काले जानकारी गराए।
त्यस्तै बैठकको क्रममा अध्यक्ष दयाराम कुमालले मञ्चले श्रमिकहितमा काम गर्दै गर्दा मञ्च समक्ष आएका श्रमिकको गुनासो हल गर्न कुनै कसुर बाँकी नराखी गुनासो सधान गराउन सबैले लागी पर्दै काम गर्न कमिटिलाई दिर्देशन पनि दीएको सचिव खड्काले जानकारी दिनु भयो।