क्वालालम्पुर (मलेसिया):= विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस्तै अधिवेशन नेपाली राजदुतवान नजिकै रहेको wisma ann koai भवनमा अगस्ट ३ तारिखको दिन हुने भएको छ।
हाम्रो संस्कृति, हाम्रो पहिचान – प्रवासमै संरक्षण र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजना हुने यो महाधिवेशनमा मलेसियामा क्रियाशील विभिन्न आदिवासी जनजातीय संघ–संस्थाहरूको ऐक्यबद्ध सहभागिता रहने आयोजकले संस्थाले जनाएको छ ।
साथै कार्यक्रमको मुख्य आकर्षणमा विभिन्न जातीय खानाको परिकार , झाँकी नृत्य लगायत प्रस्तुति रहने छ