क्वालालम्पुर नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाको चौथो अधिवेशनको लागी नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ्को टोलिलाई मलेसियामा भब्य स्वागत गरिएको छ।
कार्यक्रममा मानन्यिय खापुङ सहित प्रदेश प्रथम महिला कमला राई, माननिय खापुङ ज्युको स्वकिय सचिव देवेन्द्र खापुङ, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेल, गायक सागर आले, गायिका सुनिता सुब्बा सहितको टोलि लाई स्वागत गरिएको हो।
माननिय खापुङ्को स्वागतको लागी महामहिम राजदुत डाडा,नेत्र प्रसाद तिमिल्सिना, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बिपिन राई, नेपाली बिज्नेस सोसाईटी मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु, महासंघ संस्थापक अध्यक्ष सुन्दर आले मगर, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाईबा, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु, व्यवसायी बालध्वज लिम्बु, व्यावसायी एल बि मगर लगायतको टोलि स्वागतको लागी क्वालालम्पुर अन्तराष्ट्रीय विमान स्थल पुगेका थिए।
माननिय खापुङको टोलि अगस्ट ३ आईतवार हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशन तथा ३१ औं विश्व आदिवासी दिवस कार्यक्रमको लागी मलेसिया आई पुगेका हुन।