क्वालालम्पुर । नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ अहिले बिदेश भ्रमणको क्रममा मलेसिया आईपुग्नु भएको छ। यसै क्रममा अगस्ट १ शुक्रबार ४ बजे प्रदेश प्रमुख खापुङ र मलेसियाको लागी महामहिम राजदुत नेत्र प्रसाद तिमिल्सिना बिच नेपाली राजदुवास क्वालाम्पुरमा शिष्टचार भेटघाट भएको छ।
भेट घाटको क्रममा दुतवासको टिमले स्वागत गर्दै परिचय बाट सुरु गरेको थियो। भेटघाटको क्रममा दुतवासमलेसियाको उपनियोग प्रमुख मुदिता बज्रचार्य ले दुत्वासको दावित्वमा पर्ने विभिन्न देश मलेसियामा रहेको श्रमिक संख्या र पछिल्लो समय मलेसियामा घट्दै गरेको घटनाहरु प्रदेश प्रमुख समक्ष प्रष्टाएका थिईन।
त्यस्तै दुतवासका श्रम सचिव कृष्ण भुसालले अहिले मलेसियामा नेपालीहरुको मासिक मृत्युदर बढ्दै गएको र यो मृत्युदर घटाउन दुतवासलाई नै चुनौती हुदै आएको बताए। त्यस्तै सचिव भुसाल ले मृत्यु हुनेहरुमा अधिकांश आत्मा हत्या देखिको पनि बताए साथै सचिव भुसालले मलेसियामा नेपालीले गर्दै आएको कामहरु मध्य सेक्युरीटि क्षेत्रको तलवमा धेरै गुनासो आएको र त्यो गुनासो समाधान गर्न लागी परि रहेको बताए।
भेटघाटको क्रममा माननिय खापुङ्ले दुतवास परिवारलाई स्वागत तथा भेटघाटको समय मिलाएकोमा धन्यवाद व्यक्त गर्दै दुतवासको गुनासो नेपाल सरकार सम्म पुगेको भएता पनि पुन: एक पटक नेपाल सरकार समक्ष राखि समस्याको समाधान गराउन अनुरोध गर्ने बनाउनु भयो।
त्यस्तै महामहिम राजदुत तिमिल्सिनाले माननिय खापुङ ज्यु लाई स्वागत गर्दै मलेसियामा नेपालीहरुको समस्या धेरै रहेको र यो समस्या समाधान गराउन दुतवासले मात्रै सम्भव नभएकोले दुतवासले मलेसियामा रहेको क्रियाशिल संघ संस्था सँग समन्वय गरेर सके सम्म चाँडै समस्या समाधान गर्ने प्रायस गरेको पनि बताउनु भयो।