क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५)
मलेसियामा रोजगारीका लागि कार्यरत खोटाङ जिल्लाका हरीप्रसाद राई मिति २०८२ साउन २ गते (जुलाई १८, २०२५) साँझदेखि सम्पर्कविहीन भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खोटाङ स्थायी ठेगाना भएका हरीप्रसाद विगत ३ वर्षदेखि मलेसियामा कार्यरत थिए। उनका दाजु केशर बहादुर राईले नेपाली राजदूतावास, क्वालालम्पुरमा निवेदन दिँदै भाइको खोजीमा सहयोग गरिदिन अनुरोध गरेका छन्।
परिवारका अनुसार, हरीप्रसादले साउन २ गते बिहान साथी भेट्न आफू कार्यरत कम्पनीबाट निस्किएको जानकारी दिएका थिए। सोही दिन शनिबार, साँझ क्वालालम्पुरबाट साथीहरूसँग संक्षिप्त सम्पर्कमा आए पनि त्यसपछि हालसम्म उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन। यो अवस्थाले परिवारलाई अत्यन्त चिन्तित र मानसिक तनावमा पारिरहेको छ।
यदि उहाँबारे कुनै जानकारी प्राप्त भएमा वा देख्नुभएको खण्डमा निम्न नम्बरहरूमा तत्काल सम्पर्क गर्न अनुरोध गरिन्छ:
📞 नेपाली राजदूतावास, क्वालालम्पुर (हटलाइन): +६० १६ २४७ २७७७
📞 हिमाल राई (दाजु): +६० ११ १६१३ ४८७६
📞 केशर बहादुर राई: +९७७ ९७६९ ३८२९३३
नेपाली दूतावास, क्वालालम्पुरले सबै नेपाली समुदाय, मलेसियास्थित संघ–संस्था तथा व्यक्ति–वर्गलाई मानवियताका आधारमा सक्दो सहयोग गरिदिन अपिल गरेको छ।
सूचना स्रोत: नेपाली राजदूतावास, मलेसिया